मदिरा नियन्त्रणका लागि जुटे स्थानीय युवाहरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मदिरा नियन्त्रणका लागि जुटे स्थानीय युवाहरु

Share This
कृष्ण अविरल ।
बाजुरा जिल्लाको मानाकोट–९ का युवाहरु गाउँमा मदिरा नियन्त्रणका लागि सक्रिय रुपमा जुटेका छन् ।
चाड पर्व नजिकीन थालेपछि गाउँमा मदिरा सेवनका कारण विभिन्न घटनाहरु घट्ने र सामाजिक अशान्ति फैलिने भन्दै उनीहरु मदिरा नियन्त्रणका लागि सक्रिय भएर लाग्न थालेका हुन् । मदिरा नियन्त्रणका लागि जंगबहादुर बुढाको संयोजकत्वमा १९ सदस्यीय मदिरा नियन्त्रण समिति पनि गठन गरिएको छ । खुला मदिराका कारण गाली बेइजती कुटपीटका घटनाहरु बढ्न थालेपछि युवाहरुको सक्रियतामा मदिरा नियन्त्रण गर्न लागिएको स्थानीय छत्र बुढाले बताए ।
दशै, तिहार, अनन्ते लगाएतका पर्वहरु नजिकीदै छन्, त्यो समयमायुवाहरुले बढी मदिरा सेवन गर्ने र खाली समयमा जुवा तास खेल्ने गर्छन् । यसमा सचेत गराउन आफुहरु सक्रिय भएर लागेको स्थानीय युवाहरुको भनाइ छ । समितिको निर्णय विपरित कसैले गाउँमा मदिरा सेवन गर्ने र जुवा तास खेल्ने गरेमा कार्वाहि गर्ने जनाएका छन् । जुवा खेल्ने, मदिरा उत्पादन गर्ने, सेवन गर्ने सबैलाई पहिलो पटक पाँच सयका दरले कार्वाहि गर्ने र नमानेमा थप कार्वाहि गर्न प्रहरीमा उजुरी दिने सहमति गरेको स्थानीय युवा पारस बुढा जनाए । मानाकोट ९ का स्थानीयले गाउँमा रहेको कैलाश प्राविको हाता वरीपरी रहेको पसलहरुलाई समेट टाढा सराउने निर्णय गरेका छन् । उनीहरुले बाहिरको मान्छे मदिरा खाएर होहल्ला गरेको भेटाएर हात खुट्टा बाँधेर गोठमा थुन्ने र नसा कम भइसकेपछि पठाउने निर्णय गरेका छन् । गाउँमा मदिरा नियन्त्रण हुने भएपनि महिलाहरु पनि खुसी भएको छन् । जिल्लामा पछिल्लो समयमा मदिराको व्यापक विगविगी बढेको छ । दिनहुँ हुने गरेका अधिकांश घटनाहरु पनि मदिरा सेवक नै कारण हुने गरेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here