बाढी र पहिरोका कारण २० जनाको मृत्यु

८ असोज । फिलिपिन्समा भारी बर्षापछी आएको बाढीपहिरामा परी २० जनाको मृत्यु भएको छ भने सयौं विस्थापित भएका छन् ।


फिलिपिन्सको उत्तर पश्चिमी क्षेत्र पहिरोको चपेटामा परेको हो । लगातारको बर्षापछी आएको बाढी पहिरोका कारण फिलिपिन्सका अधिकांश शहर डुबानमा परेका छन् । बाढीमा परेर कैयौं मानिसहरु हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएको छन् ।
सवारीसाधनहरु सडकमा पुरिंदा यातायात ब्यबस्था अवरुद्ध भएको छ । बाढी पहिरोमा हराईरहेकाहरुको खोजी कार्य तीब्र पारिएको छ । यद्दपी ठाउँ ठाउँमा संरचना भत्कंदा च्यापिएकाहरुको उद्धार कार्यमा कठिनाई भएको छ । बाढी पहिरोका कारण आफन्त गुमाएका र घरबारबिहिन बनेकाहरुबीच रुवाबासी चलेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...