अध्यक्ष रेग्मीद्धारा एसओएसका ज्ञवालीलाई पुरस्कार

३० भदौ । आफू जन्मेहुर्केको परिवारभन्दा टाढा रहेर वैकल्पिक स्याहार केन्द्रमा हुर्केका वालवालिकाहरु पनि पढाईमा अव्वल भई अरुलाई उछिन्दै पुरस्कार जित्न सक्छन भन्ने कुरा शनिबार प्रमाणित भएको छ ।

भरतपुरस्थित एसओएस वालग्रामको एउटा घरमा हुर्केर सोही वालग्रामअन्तर्गतको हर्मन माइनर स्कुलमा पढेका विद्यार्थी अर्जुन ज्ञवालीलाई वालदिवसको अवसरमा अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राजधानीको बसन्तपुरमा आयोजित वालदिवस मूलसमारोहमा १० हजार नगद सहित उत्कृष्ट वाल पुरस्कार प्रदान गरेका छन् । वालग्रामहरुमा हुर्केका विद्यार्थीमध्ये छात्रतर्फ गएको एसएलसी परिक्षामा ७०१ अंक (८७ दशमलव ६३ ) ल्याएका ज्ञवाली र छात्रातर्फ सीविन संस्थाको काभ्रे केन्द्रमा हुर्केर गतवर्षको एसएलसी परीक्षामा ७०६ अंक (८८ दशमलव २५ प्रतिशत) ल्याएकी छात्रा जेनी लामालाई पनि नगद १० हजारसहित पुरस्कृत गरियो ।

नेपाल सरकारको महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा १० हजार रुपैयाँसहितको पुरस्कारबाट पहिलोपल्ट यस्ता वालग्राममा हुर्केर सर्वाेत्कृष्ट अंक ल्याएका छात्रछात्रालाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा अध्यक्ष रेग्मीले वालअधिकारको संरक्षण तथा उनहीरुको हक प्राप्तिका लागि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै यसका लागि अन्तराष्ट्रिय अभिसन्धी तथा बालअधिकारसम्वन्धि नीति नियम कार्यान्वयन गर्न कुनै कसर बाँकी नराखेको बताए ।

महिला, वालवालिका तथा समाजकल्याणमन्त्री ऋद्धिबाबा प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोही मन्त्रालयका सचिव दिनेशहरि अधिकारी, युनिसेफका आवासिय प्रतिनिधि हाना सिंगर,केन्द्रीय वालकल्याण समितिका अध्यक्षडिल्लीराजव गिरी तथा कार्यकारी अधिकृत तारक धिताल, हातेमालो बालक्लवकी अध्यक्ष सुजिता माझिलगायतले वालअधिकारको संरक्षणको लागि सबैको प्रतिवद्धताको खाँचो औंल्याएका थिए ।
बालबालिकाको कुरा सुनौं, वालदुव्र्यवहारको अन्त्य गरौं भन्ने नाराका साथ नेपालभरी शनिबार वाल दिवस मनाइएको हो ।



0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...