बाधा अड्काउ फुकाउ अध्यादेश राष्ट्रपति समक्ष पेश

७ असोज । सरकारले संविधान सभा चुनावमा सेना परिचालनबारे बाधा अड्काउ फुकाउ अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनसम्बन्धी अध्यादेशको बाधा अड्काउ फुकाउन राष्ट्रपतिलाई पेश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी निर्णय लिएर राष्ट्रपति निवास पुग्नुभएको थियो । संसद् नभएकाले सरकारले सेना परिचालनबारे अध्यादेश ल्याएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...