देश विखण्डन गर्न खोज्नेलाई हराउनुपर्छः केसी

१४ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातीय संघीयताको नाममा देशलाई बिखण्डन गर्न खोज्नेहरूलाई चुनावमा पराजित गर्नुपर्ने धारणा राख्नुभएको छ ।

राष्ट्रिय जनमोर्चा ललितपुर जिल्ला कार्यसमितिले गरेको सभामा अध्यक्ष केसीले जातीय मुद्दा उठाएर सीमित व्यक्तिले राज गर्न खोजेको भन्दै त्यस्ता व्यक्तिप्रति जनता सचेत हुनुपर्ने बताउनुभएको हो ।

उहाँले बाह्य शक्तिको दबाबका कारण अघिल्लो संविधानसभाले संविधान दिन नसकेको भन्दै बाह्य शक्तिको दबाब नरोकिए फेरि पनि संविधान नबन्ने दाबी गर्नुभयो ।
अध्यक्ष केसीले वर्तमान निर्दलीय सरकार विघठनका लागि निर्धारित समयमै चुनाव सम्पन्न गर्नु अपरिहार्य भएको बताउनुभयो । उहाँले ऐतिहासिक संविधानसभाको चुनावमा सहभागी हुन नेकपा–माओवादीलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...