१ सय २२ दलबाट निर्वाचन आयोगमा निवेदन दर्ता

१४ असोज । संविधानसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने एक सय २२ दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आसन्न चुनावमा समानुपातिक तर्फबाट चुनावमा लड्ने दलले निवेदन दर्ता गराएका हुन् । आयोगका अनुसार एक नम्बरमा नेकपा माले, सातौं नम्बरमा नेकपा एमाले, ५७ औं नम्बरमा एकीकृत नेकपा माओवादी र ७५ औं नम्बरमा नेपाली कांग्रेसले निवेदन दर्ता गराएका हुन् ।

आयोगमा एक सय ३० दल दर्ता भएपनि ८ ओटा दलले भने निवेदन दर्ता गराएनन् । आयोगका अनुसार निवेदन दर्ता भएका दलले यही १८ गते समानुपातिक निर्वाचन तर्फका उम्मेदवारको बन्दसूची दर्ता गराउनुपर्छ । त्यस्तै, यही १७ गते प्रत्यक्ष हुने निर्वाचन प्रणालीका उम्मेदवारले सम्बन्धित क्षेत्रमा उम्मेदवार दर्ता गर्नुपर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...