वेस्टब्रमसँग म्यान्चेस्टर युनाइटेड पराजित

१३ असोज । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएरातिको खेलमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड वेस्टब्रमसँग दुई–एक गोल अन्तरले पराजित भएको हो ।
५४ औ मिनेटमा वेस्टब्रमका लागि मोर्गन अमालफिटानोले पहिलो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा म्यान्चेस्टर युनाइटेडका लागि वायन रोनीले गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । ६७ औ मिनेटमा साइडो बेराहिन्नोले गोल गरे । सन् १९७८ पछि वेस्टब्रमले युनाइटेडलाई पराजित गरेको हो ।
हारसँगै म्यान्चेस्टर युनाइटेडले ७ अंकका साथ १२ औ स्थानमा छ । ८ अंकका साथ वेस्टब्रम लिगको आठौ स्थानमा उक्लिएको छ । त्यस्तै, गएराति नै भएको चेल्सी र टोट्नह्यामबीचको खेल भने एक—एक गोलको बराबरीमा सकिएको छ । १९ औं मिनेटमा सिगुर्डसनले पहिलो गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । खेलको पहिलो हाफसम्म एक—शून्य गोल अन्तरले पछाडि परेको चेल्सीले ६५ औं मिनेटमा माटाको फ्रिकिकमा जोन टेरीले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याए । ८१ औं मिनेटमा दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै चेल्सीका फर्नान्डो टोरेस मैदानबाट बाहिरिएका थिए ।
बराबरीपछि टोट्नह्यामले ६ खेलबाट १३ अंक जोडेको छ भने चेल्सीको ११ अंक छ । गएराति नै भएका अन्य खेलमा एस्टनभिल्लाले म्यान्चेस्टर सिटीलाई तीन—दुई गोल अन्तरले, आर्सनलले स्वान्सेलाई दुई—एक गोल अन्तरले, साउथह्याम्टनले क्रिस्टल प्यालेसलाई दुई–शून्य गोलअन्तरले तथा हल सिटीले वेस्टह्यामलाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्न सफल भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...