उम्मेद्वारी दिएकालाई अस्वीकार गर्ने अधिकार जनतामा

११ असोज । भारतको सर्वोच्च अदालतले निर्वाचनमा उम्मेद्वारी दिएकाहरुलाई अस्वीकार गर्न सक्ने अधिकार मतदाताहरुमा रहेको फैसला गरेको छ ।

अदालतले कोही उम्मेद्वार चित्त नबुझेमा रिजेक्ट बटनमा थिची मतदाताहरुले मताधिकार प्रयोग गर्न सक्ने फैसला गरेको हो । अदालतले विद्युतीय भोटिङ मेसिनमा रिजेक्ट बटनको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई आदेश दिएको छ ।

भोटिङ मेसिनमा रिजेक्ट बटन थिच्दा उम्मेद्वारी दिएको व्यक्ति सांसद बन्न योग्य नभएको स्पष्ट हुनेछ । भारतीय सर्वोच्च अदालतले यो व्यवस्था आगामी विधानसभाको चुनावमा प्रयोग गर्न पनि आदेश दिएको छ । यस्तो प्रावधान विश्वका १३ वटा मुलुकमा प्रचलनमा छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...