फिनल्याण्ड सरकारबाट अनुदान प्रदान

१ असोज । फिनल्याण्ड सरकारले ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमका लागि एक अर्ब ८५ करोड रुपैयाँ अनुदान दिएको छ ।

पहिलो चरणमा मध्य पश्चिम र पश्चिमाञ्चलका नौं जिल्लामा सञ्चालन हुने परियोजनाका लागि दिएको सहयोग सम्झौंतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौता–पत्रमा नेपालका तर्फबाट सहसचिव मधुकुमार मरासैनी र फिनल्याण्डका लागि नेपाली राजदुत अस्को लुकाइनेनले हस्तक्षार गर्नुभएको छ ।

परियोजनाबाट गरीब परिवारलाई स्वच्छ पिउने पानी र सरसफाईमा पहुँच विस्तार हुने अपेक्षा राखिएको छ । यसै महिनाबाट सुरु हुने परियोजनाका लागि आएको सहयोगको अवधि पाँच वर्ष रहनेछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परियोजना कार्यान्वयन गर्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...