हिउमा पुरिएका दुई जनाको मृत्यु १ वेपत्ता

१४ असोज । मनाङ जिल्लाको हिम्लुङ एक्सपिडिसनका क्रममा हिउँपहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ।

ज्यान जानेमा गुदेल–४ सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावै जुके निवासी पासाङ शेर्पा छन् । उनीहरुसँगै रहेका ओखलढुङ्गाका काजी शेर्पा बेपत्ता भएका छन् । उनको पनि मृत्यु भएको आशंका गरिएको छ ।

हिम्लुङ हिमाल आरोहणको क्रममा उनीहरुको ज्यान गएको हो ।

तेन्डी र पासाङको शव फेला परेको छ भने काजी शेर्पा को शव फेला परेको छैन। मृतकको शव लिनका लागि हेलकोप्टर लगिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...