ड्रोन आक्रमणका कारण स्वाधीनतामा असर

१२ असोज । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले अमेरिकी ड्रोन आक्रमणका कारण पाकिस्तानको स्वाधीनतामाथि असर पुगेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सरिफले अमेरिकाले पाकिस्तानको ग्रामीण क्षेत्रमा ड्रोन आक्रमणले स्वाधीनतामा असर पारेको बताएका हुन् । उनले ड्रोन आक्रमण अन्तर्राष्ट्रिय कानुन विपरीत रहेकोसमेत बताएका छन् । अमेरिकी ड्रोन आक्रमणमा परी कैयौं निर्दोष नागरिकको ज्यान गएको र कयौं घाइते भएकाले तत्काल बन्द गर्न पनि उनले आग्रह गरेका छन् । अमेरिकी संस्थाले भने ड्रोन आक्रमण तालिवानी लडाकुमाथि मात्र भएको बताउँदै आएको छ । एक तथ्यांक अनुसार सन् २००४ देखि अहिलेसम्म ३ हजार ५ सय ९६ जनाले ड्रोन आक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...