लोडसेडिङको विरोधमा स्थानीयबासीबाट राजमार्ग अवरुद्ध - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

लोडसेडिङको विरोधमा स्थानीयबासीबाट राजमार्ग अवरुद्ध

Share This
२१ भदौ । सर्लाहीको लालबन्दीमा तालिकाविपरीत लोडसेडिङ गरिएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी प्रर्दशन गरेका छन् ।
विद्युत प्राधिकरणले मनपरि लोडसेडिङ गरेको भन्दै उनीहरूले बिहान १० बजेदेखि राजमार्ग अबरुद्ध गरेका हुन् । राजमार्ग अबरुद्ध हँुदा हजारौ यात्रु अलपत्र परेका छन् । आक्रोशित स्थानीयवासीले प्राधिकरण लालबन्दी शाखामा आक्रमणसमेत गरेका छन् ।

उनीहरुले लोडसेडिङ तालिकाअनुसार हुनुपर्ने, अतिरिक्त लोडसेडिङ बन्द गरिनुपर्ने र चुहावट बन्द गनुपर्नेसहितका माग राखरे राजमार्ग अबरुद्ध पारेका हुन् । स्थानीय प्रशासनले शनिवारसम्म समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि अवरुद्ध राजमार्ग अपरान्हबाट खुलेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here