१२ लाख रुपैयाँ राजस्वा संकलन
६ असोज । म्याग्दीका साना व्यवसायीबाट आन्तरिक राजश्व कार्यालय पोखराले करिब १२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।
राजश्व कार्यालयले दुई दिनमा आठ सय १६ व्यवसायीबाट आर्थिक वर्ष २०६९÷७० को कारोबारको आधारमा ११ लाख ७३ हजार ३ सय ७४ रूपैयाँ राजस्व संकलन गरेको हो । म्याग्दी उद्योग वाणिज्य संघको सहकार्यमा राजश्व कार्यालयले बेनीमा कर संकलनका लागि दुई दिन घुम्ती टोली खटाएको थियो । वार्षिक २० लाख रूपैयाँसम्मको कारोबार गर्ने र दुई लाख रूपैयाँसम्म आम्दानी गर्ने व्यवसायीबाट एक हजार दुई सय ५० रूपैयाका दरले राजस्व असुली गरिएको हो । साना व्यवसायीलाई कर तिर्न पोखरा पुग्दा झञ्जट हुने भएकाले कर असुली गर्न टोली म्याग्दी आएको थियो ।
0 comments
Write Down Your Responses