पूर्वाञ्चल विश्वविद्यालय खुलाउन समिति गठन

३ असोज । आन्दोलनका कारण लामो समयदेखि बन्द रहेको पूर्वाञ्चल विश्व विद्यालयको समस्या सामाधानका लागि सरकारले तीन सदस्यीय उच्चस्तरीय छानबीन समिति गठन गरेको छ ।

विराटनगरस्थित पूर्वाञ्चल विश्व विद्यालयमा भइरहेको आन्दोलनको छानबीनका लागि प्राध्यापक डा। कृष्ण मानन्धरको संयोजकत्वमा उच्चस्तरीय छानबीन समिति गठन गरेको हो ।


शिक्षा मन्त्रालयले समितिका सदस्यमा डा। धनवहादुर कुँवर र डा। भेषराज धमलालाई सदस्यमा राखेको छ । समितिले १५ दिन भित्र सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्ने छ । आन्दोलनका कारण नौ महिनादेखि विश्वविद्यालयको केन्द्रिय कार्यालय र सम्वद्ध निकाय ठप्प छन्

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...