भारतमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २९ पुग्यो

१२ असोज । भारतको मुम्बईमा शुक्रबार भत्किएको एक भवनमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

पाँच तले घर भत्किँदा अन्य ३२ जना घाइते भएका छन् । केही मासिन अझै पुरिएको हुन सक्ने भएकाले उद्धार कार्य जारी रहेको राखिएको छ । भवन भत्किएको १२ घण्टापछि एक बच्चाको जिवितै उद्धार गरिएको छ । सरकारी कर्मचारीको क्वाटरको रूपमा प्रयोग हुृँदै आएको यो भवन पाँच दशक पुरानो भएको जनाइएको छ । यसअघि नै मर्मतका लागि भवन खाली गर्न निर्देशन दिइएको भएपनि खाली गरिएको थिएन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...