सिरिया हिंसा रोक्न हतियार निर्यातमा रोक लगाइनुपर्छ

९ असोज । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सिरियामा जारी रक्तपात रोक्न हतियारको निर्यातमा रोक लगाउनुपर्ने बताएका छन् ।

राष्ट्र संघको ६८औ सभालाइ सम्बोधन गर्दै मुनले पश्चिमा मुलुकहरुलाइ सिरियामा हतियार नपठाउन आग्रह गर्दै राजनैतिक समाधान खोज्न आग्रह गरेका हुन । उनले सिरियामा सुरक्षा र शान्तिको विषय प्रमुख चुनौति रहेको बताउँदै त्यसलाई सुल्झाउन सबै पक्षलाइ वार्तामा ल्याउन अन्य राष्ट्रले सहयोग गर्नुपर्ने बताएका छन । बानले सिरियाली राष्ट्रपति बसर अल असद र उनको समर्थनमा रहेका देशहरूलाइ सिरियाकोे द्वन्द्व समाधान गर्न वार्ताको आह्वान गरेका छन् । महासचिव मुनले सिरियामा राजनैतिक पहलबाट समस्या समाधान हुनु पर्ने बताउँदै सैन्य बलको प्रयोग कल्पना मात्र भएको बताएका छन् । सिरियामा रासायनिक हतियार प्रयोगका बारेमा उनले राष्ट्रसंघको प्रतिवेदन अनुसार दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । बानले सिरियामा रहेका रासायनिक हतियार नष्ट गर्ने दायित्व अन्तराष्ट्रिय समुदायमा रहेकोे पनि बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...