इराकमा विष्फोटबाट ३५ जनाको मृत्यु

२८ भदौ । बग्दाद स्थित सिया समुदायको मस्जीदमा भएको दुइवटा आत्मघाती बम बिस्फोटमा ३५ जनाको मृत्यु भएको छ ।

सिया समुदायका मानिसहरुले मस्जीदमा प्रार्थना गरि र्फकने क्रममा गराईएको आत्मघाती विस्फोटमा ३५ जनाको मृत्यु भएको हो । बिस्फोटमा ५५ जना घाईते भएका छन । विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । गत जनवरी यता इराकमा बिभिन्न समयमा भएका विस्फोट तथा आक्रमणमा परि हालसम्म करिब ५ हजार जनाको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...