प्रहरीको विशेष सुरक्षा योजना

१३ असोज । नजिकिंदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले नयाँ सुरक्षा योजना सार्वजनिक गरेको छ ।

नयाँ सुरक्षा योजना अन्तर्गत सहरबजारका विभिन्न स्थानमा सादा पोशाकका प्रहरी खटाइने जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख केदार रिजालले जानकारी दिनुभएको छ । त्यसका लागि अञ्चल प्रहरी कार्यालयबाट तीन सय जना प्रहरी माग गरि आइतबारैबाट खटाइएको उहाँले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...