प्रहरीले आचरण सुधार्न जरुरी छः अर्याल

१४ असोज । पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले प्रहरीले आचरण सुधार्न जरुरी रहेको बताउनुभएको छ ।

सोमबार क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै डीआइजी अर्यालले प्रहरीले पनि समयानुकुल आचरण र व्यवहार परिवर्तन गनैुपर्ने बताउनुभएको हो । उहाँले जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीले आचरण सुधारेर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चार सय १२ जना प्रहरी जवानलाई दीक्षित गरिएको थियो भने उत्कृष्ट काम गर्ने जवानहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...