संस्कृत पुस्तकहरुको प्रदर्शनी

२ असोज । काठमाडौमा नेपाली रचनाकारका संस्कृत पुस्तकहरूको प्रदर्शनी भएको छ ।

स्वाध्यायशाला कुटुम्बले बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालीहरूले लेखेका संस्कृत ग्रन्थहरूको प्रदर्शनी गरेको हो ।
प्रदर्शनको उद्घाटन कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री हरिप्रसाद न्यापानेले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा मिथिलामा पाँचहजार वर्षअघि रचित याज्ञवल्क्य स्मृतिदेखि समकालीन लेखकहरूका २ सय ५० भन्दा बढी संस्कृत ग्रन्थहरू राखिएको थियो ।

नेपालमा संस्कृत बाङ्मयको पठनपाठन, लेखन र अनुसन्धान हराउँदै गएकाले यसको पुनर्जागरणका प्रदर्शनी गरेको स्वाध्यायशाला कुटुम्बका सदस्य आमोदवर्धन कौण्डिन्न्यायनले जानकारी दिनुभयो । प्रदर्शनीमा वेद, वेदांग, दर्शनलगायतका पुस्तकसमेत बिक्री समेत गरिएको थियो । स्वाद्ध्यायशालाले २०४८ र ५३ सालमा पनि यस्तो प्रदर्शनी गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...