मकवानपुरमा पसलमा अनुगमन

१३ असोज । असोज लागेसँगै मकवानपुरको सदरमुकाम हेटौँडामा दैनिक अनुगमन भईरहेको छ ।

अनुगमनमा सहभागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामा नेतृत्वको टोलीले हेटौडाका हरेक पसलमा बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ म्याद गुज्रिएका भेटिएका हुन् । बहुराष्ट्रिय कम्पनीले मिति गुज्रिएका पेय पदार्थ कोकाकोला, फेन्टा, स्प्राईट, लगायतका पेयपदार्थ मौका छोपेर बजारमा पठाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले गरेको अनुगमनमा यस्तै कमजोरी भेटिएपछि प्रशासनले डिलर सिल गरेको थियो ।
प्रजिअ अर्यालले भने जस्तै उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने बहुराष्ट्रिय कम्पनीलाई कारवाही हुनुपर्छ । दवावका बीच सहासिक कदम चाल्नु भएका प्रमुख जिल्ला अधिकारीले सरकारसम्मलाई बहुराष्ट्रिय कम्पनीलाई कारवाहीका लागि सिफारिस गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तर नेपालीलाई विष सेवन गराईरहेका बहुराष्ट्रिय कम्पनी कारवाहीमा परेको सुन्न पाईएको छैन । नेपालको खाद्य ऐन र उपभोक्ता अधिकारको धज्जी उडाउने बहुराष्ट्रिय कम्पनीलाई कारवाही गर्न कुन शक्तिले रोकेको छ ? यसको जवाफ चाहन्छन् उपभोक्ता अधिकारकर्मी ।
ल्यावसहितको भ्यान जिल्ला–जिल्ला घुमाएर तत्काल कारवाही गर्ने भन्दै हेटौँडा आईपुग्नु भएकी विभागकी महानिर्देशक लामा पनि गल्ति गर्नेलाई कारवाही हुने दावि गर्नुहुन्छ । तर बहुराष्ट्रिय कम्पनीलाई गतिलो जवाफ दिन नसकेको विभागसँग उपभोक्ता भने विश्वस्त छैनन् । सानालाई ऐन ठूलालाई चैन भन्ने नेपाली उखान बहुराष्ट्रिय कम्पनीहरुको सन्दर्भमा लागु भईरहेको छ । खुलेआम जनतालाई विष पिलाउने र राज्यको कानूनलाई लत्याउने बहुराष्ट्रिय कम्पनीलाई कारवाही गरेर सरकारले आप्mनो लाज जोगाउन जुट्नु जरुरी भैसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...