सिमोन र मायोर टेनिसको तेस्रो चरणमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सिमोन र मायोर टेनिसको तेस्रो चरणमा प्रवेश

Share This
४ असोज । फ्रान्सेली गिलेस सिमोन र जर्मनीका फ्लोरियन मायोर जारी एटिपी ओपन डि मोसिल्ले टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन ।
गएराती भएको दोस्रो चरणको खेलमा फ्रान्सेली गिलेस सिमोनले आफ्नै देशका के डि चेपेरलाई ६—२ र ६—३ को सोझो सेटमा पराजित गदै अधिल्लो चरणको यात्रा तय गरेका हुन् । त्यस्तै, गएराती नै भएको अर्को खेलमा जर्मनीका फ्लोरियन मायोरले स्लोभाकियाका एल लाक्कोले ६—३ र ६—२ को सेटमा पराजित गरे । यता जर्मनीका फिलीप कोहल्सहाइबेर अर्जेन्टिनी सि बेरलोकसंग ६—७, ७—६ र २—१ को सेटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here