नेपालको फाइनल पुग्ने सपना अधुरै, अफगानिस्तान १–० ले विजयी

२३ भदौ । घरेलु टोली नेपाल जारी आठौ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साझ भएको पहिलो सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसंग एक—शुन्य गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो । खेल सुरु भएको ११ मिनेट पनि बित्न नपाउदै अफगानिस्तानका लागी सन्जार एम एहामादीले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको सुरु देखि नै दबाबमा परेको नेपालले खेलको १८ औ मिनेटमा कर्नर हान्ने मौका प्राप्त ग¥यो ।

राजु तामाङले कर्नरबाट प्रहार गरेको बललाई सदुपयोग गरेपनि कप्तान सागर थापा गोल गर्न चुके । ३३ औ मिनेटमा सन्दिप राईको फ्रिकिक अफगानिस्तानका गोल रक्षक मन्सुर फाजीरयारले बिफल पारे । खेलको ३९ औ मिनेटमा डिफेन्डर बिराज महर्जनको पावरफुल सट अफगानिस्तानका गोल रक्षकले बचाए । खेलको पहिलो हाफसम्म नेपालले एक पछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेनन् । दोस्रो हाफको ६० औ मिनेटमा नेपालका राजु तामाङको स्थानमा विमल घर्ति मगर मैदानमा प्रवेश गरेका थिए । पाकिस्तान विरुद्धको खेलमा गोल गरेका बिमल आजको खेल भने गोल गर्न असफल भए । खेलको ८६ औ मिनेटमा अफगानिस्तानका खेलाडीले बिमल घर्ति मगरलाई डिबक्स भित्र फाउल हानेपछि नेपालले पेनाल्टी हान्ने मौका प्राप्त गरेको थियो । सो पेनाल्टी रोहित चन्दले सदुपयोग गर्न नसक्दा १८ हजार भन्दा बढी घरेलु दर्शक निराश बनेका थिए । डिफेन्डर चन्दको प्रहार अफगानी गोलरÔक मन्सुरले रोकेका थिए ।

रोहितले दुई वटा पेनाल्टी मिस गरेका थिए । त्यसपछि खेल थप गोल भएन र खेल अफगानिस्तानले एक—शुन्य गोल अन्तरले जित्यो । नेपाल लगातार दोस्रो पटक सेमिफाइनलमा अफगानिस्तानसंग पराजित भएको हो । सन् २०११ मा नया“दिल्लीमा भएको सातौं साफमा पनि नेपाल अफगानिस्तानस“ग एक—शुन्य गोल अन्तरले पराजित भएको थियो । हारस“गै घरेलु टोली नेपालले पहिलो पटक साफको फाइनलमा पुगेर इतिहास रच्ने मौका गुमाएको छ । प्रतियोगिता अन्तर्गत भोली समुह ए को उपविजेता भारत र समुह बि को विजेता माल्दिभ्स विच खेल हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...