चीनमा ७४ माझी बेपत्ता

१४ असोज । चीनको साउथ चाइना सीमा आएको ‘उटिप’ नामको आँधीका कारण डुंगाहरू पल्टिँदा ७४ माझी हराइरहेका छन् ।

पारासेल टापुनजिक माझीहरू चढेको तीन वटा डुंगा आँधीका कारण दुर्घटनामा परेको अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मीहरूले १४ जनाको उद्धार गरेका छन् ।

‘उटिप’ आँधीकै कारण भियतनाम र थाइल्याणमा भीषण वर्षा भएको छ । थाइल्याण्ड सरकारले वर्षापछि आउन सक्ने बाढीबाट बच्न सबैलाई सचेत गराएको छ । त्यस्तै भियतनाममा पनि प्रशासनले बालबालिका र बृद्ध–बुद्धालाई सुरक्ष्ँित स्थानतर्फ सारेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...