श्रीलंकाको प्रान्तीय चुनावमा तमिल नेशनल एलायन्स विजयी

६ असोज । श्रीलंकाको जाफ्नामा भएको प्रान्तीय चुनावमा तमिल नेशनल एलायन्स भारी मतले विजयी भएको छ ।

३८ सदस्यीय प्रान्तीयपरिषद्का लागि भएको मतदानमा तमिल नेशलन एलायन्सले ३० सिट जितेको छ भने राष्ट्रपति महिन्दा राजापाक्षको गठबन्धनले सात सिट मात्र जितेको छ ।

श्रीलंकामा तमिल विद्रोहीले करिब २६ वर्ष चलाएको सशस्त्र संघर्षको चार वर्षअघि अन्त्य भएपछि पहिलोपटक प्रान्तीय चुनाव भएको हो । विजय हासिल गरेपछि तमिल नेशलन एलायन्स जाफ्नामा प्रान्तीय सरकार गठन गर्ने तयारीमा जुटेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...