सेना परिचालनको निर्णय फिर्ता लिन आग्रह

१२ असोज । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले चुनावमा सेना परिचालनको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघले शनिबार म्याग्दीको बेनीमा गरेको कार्यक्रममा सचिव चन्दले सेना परिचालनले द्वन्द्व निम्तने भन्दै निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो । उहाँले सशस्त्र गतिविधि नभएको अहिलेको अवस्थामा सेना परिचालन गर्नु आवश्यक नभएको जिकिर गर्नुभयो । मुलुक द्वन्द्वमा फसे यसको जिम्मेवारी चार दलले लिनुपर्नेसमेत सचिव चन्दले बताउनुभयो ।
सचिव चन्दले आफूहरू चुनावबाट नभागेको दाबी गर्दै गोलमेच सम्मेलन भए वार्ताबाट निकास निकाल्न तयार रहेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...