सिरियामाथि आक्रमणको अनुमतिका लागि ओबामाबाट कंग्रेसमा प्रस्ताव

१६ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामाथि आक्रमण गर्ने अनुमतिका लागि अमेरिकी कंग्रेसमा प्रस्ताव गरेका छन् ।

सिरियामाथि सैन्य आक्रमण अनिर्वाय भएको भन्दै अमेरिकी राष्ट्रपति ओबामाले त्यहाँको कंग्रेसमा प्रस्ताव पेश गरेका हुन । आक्रमण निश्चित समयका लागि मात्र हुने पनि ओबामाले बताएका छन । यो विषयमा छलफल गर्न अमेरिकी कंग्रेसको बैठक सेप्टेम्बर ९ तारिखमा बस्दैछ । यसैबीच, सिरियामा रहेका राष्ट्रसंघीय निरीक्षण टोलीले आप्mनो कार्य सकी नेदरल्याड्स आइपुगेको छ । निरीक्षणको प्रतिवेदन आउन केही साता लाग्ने जनाइएको छ ।

यसअघि, ओबामाले सिरियाली राष्ट्रपति बसर अल असदले गल्तीको सजाय भोग्न तयार हुनुपर्ने बताएका थिए । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाको विषयमा अमेरिका चुप लागेर बसे सिरियाली जनतामाथि थप अन्याय हुने भन्दै असदलाई सहि बाटोमा ल्याउनुपर्ने बताएका छन् । तर, सिरियाली सरकारले आफूमाथि लगाइएको आरोपको कुनै सत्यता नभएको दाबी गरेको छ । उसले अमेरिका र ब्रिटेनले आफूमाथि आक्रमण गर्ने बहाना मात्र खोजेको आरोप लगाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...