नेकपा–माओवादीबाट सुदूरपश्चिम बन्द

२८ भदौ । नेकपा–माओवादीसहितका ३३ दलीय मोर्चाले शुक्रबार मध्य तथा सुदूरपश्चिम बन्द आह्वान गरेको छ ।

गोलमेच सम्मेलनलगायतका मागमा उच्चस्तरीय राजनीतिक समिति गम्भीर नभएको भन्दै मोर्चाले बन्द गरेको हो । मोर्चाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, सुर्खेत र जाजरकोट बन्द गरेको छ । त्यस्तै, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र दैलेख पनि बन्द गरिएको छ । बन्दको बिहानैदेखि प्रभाव परेको छ । बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन बिहानैदेखि चोक–चोकमा प्रहरी तैनाथ गरिएको छ । मोर्चाले यसअघि हिजो उपत्यकालगायत पूर्वी नेपाल बन्द गरेको थियो । प्रमुख दलले गालमेच सम्मेलन अस्वीकार गरेर वार्ता भंग गरी एकलौटी रूपमा अघि बढ्न खोजेको ३३ दलीय मोर्चाको आरोप छ । मोर्चाले राजनीतिक निकासका लागि सर्वदलीय गोलमेच सम्मेलन, सरकार परिवर्तनलगायतका माग रँख्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...