८ असोज। बुधबारदेखि काठमाडौंमा हुन गइरहेको एएफसी युथ सिक्सटिन च्याम्पियनसिप छनोट फुटबलको तयारी पूरा भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको तयारी पूरा भएको जनाउँदै सक्रिय सहभागीताका लागि दर्शकलाई अपिलसमेत गरेको छ । छनोट चरणको समूह ‘सी’ का खेलहरु नेपालमा हुन लागेका हुन् ।
प्रतियोगितामा नेपालसहित ईराक, तुर्कमेनिस्तान र बहराइन रहेका छन् । असोज ९, ११ र १३ गते गरी तीन दिन दैनिक दुई खेल दशरथ रंगशालामा हुने जनाइएको छ । पहिलो खेल दिउँसो २ बजे तथा दोस्रो खेल साँझ ५ बजे हुनेछन् ।
प्रतियोगिता संचालन गर्न झण्डै ४७ लाख रुपैयाँ खर्च हुने अनुमान एन्फाको छ । हालै सम्पन्न आठौं साफ च्याम्पियनसिपमा नेपालको खेलबाट उल्लेख्य दर्शकको उपस्थितिले हौसिएको एन्फाले यसपटकको प्रतियोगितामा साधारण प्यारापिटतर्फ दुई सय तथा विशेष प्यारापिटतर्फ पाँच सय रुपैयाँको टिकटको ब्यवस्था गरेको छ ।
यसैबीच, आठौं साफमा पाकिस्तान विरुद्ध सुन्दर गोल गर्दै सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली खेलाडी बन्न सफल विमल घर्तीमगरको कप्तानीमा तयार भएको नेपाली टिमले राम्रो प्रदर्शन गर्ने दावी प्रशिक्षक बालगोपाल महर्जनको छ । पहिलो दिन दिउँसो २ बजे ईराक र तुर्कमेनिस्तान तथा दोस्रो खेलमा साँझ ५ बजे नेपाल र बहराइन भिड्ने छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment