केन्यामा तीन दिन राष्ट्रिय शोकको घोषणा

९ असोज । केन्याको नाइरोबी स्थित सपिङ मलमा आतंकवादी समुह अलशवावको आक्रमणमा परी मृत्यु हुनेहरुको सम्झनामा केन्यामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

सयौं मानिससहित सपिङ मल कव्जा गरेका अलशवाव लडाकाविरुद्ध केन्याली सेनाले विशेष कारबाही चलाएको थियो । आक्रमणकारी मल कव्जा गरेको ४ दिनमा ६७ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । केन्या सरकारले ६७ जना मारिएको भनेपनि आक्रमणकारी समुह अलशवावले ६ सुरक्षाफौज सहित एकसय ३७ जना मारिएको दाबी गरेको छ । यो दाबीको पुष्टी हुन सकेको छैन । सेनाको कारबाहीमा पाँच लडाकुको मृत्यु भएको बताइएको छ भने ११ लडाकुलाइ पक्राउ गरिएको छ । मल लडाकुको कब्जामा रहेको बेला सेना र लडाकुबिच गोली हानाहान भएको थियो । सपिङ मललाइ आक्रमणकारीकोे कब्जाबाट मुक्त गर्न सेनालाइ करिब चार दिन लागेको थियो । केन्याका राष्ट्रपति उहुरु केन्याताले घटनाकोे निन्दा गरेका छन् । आक्रमणमा उनका आफन्तहरुपनि परेको उनले बताएका छन् । सोमालियामा केन्या सेनाको उपस्थितीका बिरोधमा आक्रमण गरिएको अल शवावले जनाएको छ । सोमालियामा सन् २०११ देखि करिब चारहजार केन्याली सेना हतियारधारी समुह बिरुद्ध लडिरहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...