बाढीका कारण सेउती खोलाको पुल जोखिममा

२४ भदौ । बाढीले कटान जारी राखेपछि कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी–धरान सडकखण्डमा पर्ने सेउती खोलाको पुल भत्किने खतरा बढेको छ ।

केही दिनदेखि खोलामा निरन्तर आएको बाढीले सेउती पुलको दायाँबायाँ कटान गरेपछि पुल भत्किने खतरा बढेको हो । पुल भत्किने खतरा बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । बाढीले कटान तीव्र पारेपछि सेउती पुललाई प्रशासनलेसमेत उच्च जोखिममा राख्दै प्रहरी परिचालन गरेको छ । जीर्ण बनेको सेउती पुलको विकल्पमा निर्माणाधीन अर्को पुल निर्माण गर्ने सहमति भएपनि निर्माण पूरा भएको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...