प्रेसिडेन्ट कप फुटबलमा थ्रीस्टार पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रेसिडेन्ट कप फुटबलमा थ्रीस्टार पराजित

Share This
७ असोज । मलेसियामा जारी एएफसि प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालको ए डिभिजन लिग च्याम्पियन थ्रिस्टार क्लब पराजित भएको छ ।
मेलेकामा सोमबार भएको पहिलो खेलमा नेपालको थ्रिस्टार क्लब तुर्कमिनीस्तानको बाल्कनसंग शुन्यका विरुद्ध ६ गोल अन्तरले पराजित भएको हो । बाल्कनलाई जित दिलाउन खेलको २२ औ मिनेटमा सेनचेन्कोले, ५९ औ मिनेटमा सापारोभले, ६४ औ मिनेटमा सेमेटोभले, ७८ औ मिनेटमा गर्बानी र ८६ औ मिनेटमा चेन्काएभले समान एक—एक गोल गरेका थिए । समूह ए मा रहेको थ्रीस्टार क्लबले ९ गते समूह चरणकै प्रतिद्धन्दी मंगोलियाको इचिर्म एफसी विरुद्ध खेल्नेछ । सन् २००५ को पहिलो संस्करण्ँमा सहभागी थ्रीस्टार सेमिफाइनलमा पुगेको थियो । नेपाल पुलिस क्लबले भने फाइनलसम्मको यात्रा तय गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here