चुनावमा सेना परिचालन गर्न बाटो खुल्यो

८ असोज । राष्ट्रपति कार्यालयले संविधानसभा चुनावमा सेना परिचालनबारे बाधा अड्काउ फुकाउ अध्यादेश जारी गरेको छ ।

सेना परिचालनमा बाधा अड्काउ फुकाउन सरकारले पठाएको सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले बाटो खोलिदिएको हो । यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

अन्तरिम संविधान २०६३ को धारा १ सय ४५ को उपधारा ५ मा सेना परिचालनसम्बन्धी निर्णयलाई संसद्को विशेष समितिबाट एक महिनाभित्र अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर, हाल व्यवस्थापिका संसद नभएकोले बाधाअड्काउ आदेशमार्फत संविधान संशोधन गरिएको हो । यसअघि राष्ट्रिय सुरक्षा परिषद्ले चुनावका लागि सेना परिचालन गर्न सिफारिस गरे पनि राष्ट्रपति डाक्टर रामवरण यादवले निर्वाचन सुरक्षामासेना परिचालनको सिफारिस स्वीकृत गर्न कानुनी अड्चन देखिएको भन्दै प्रक्रिया पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...