आणविक कार्यक्रमबाट पछि हट्न इरानलाई होलान्डको सुझाव

९ असोज । फान्सका राष्ट्रपति फ्रन्स्वाँ होलान्डले आणविक कार्यक्रमबाट पछि हट्न इरानलाइ सुझाव दिएका छन् ।

राष्ट्र संघको साधारण सभामा सहभागी हुन राष्ट्र संघको मुख्यालय पुगेका होलान्डले इरानका राष्ट्रपति हसन रौहानीसँगको कुराकानीमा यस्तो बताएका हुन् । होलान्द, इरानी राष्ट्रपतिलाइ भेट्ने पहिला पश्चिमी नेता हुन् । उनले इरानले आणविक कार्यक्रमलाइ अघि नबढाउने प्रतिबतद्धातालाई कार्यन्वनय गर्न सुझाएका छन् । दुई नेता बीचको वार्ता, सिरिया संकट तथा लेबनान् र इरानको आणविक कार्यक्रमका बारेमा केन्द्रीत रहेको बताइएको छ । भेटका क्रममा इरानी राष्ट्रपति रौहानीले इरानमाथी लगाइएको नाकाबन्दी फुकुवा गर्नुपर्नेमा जोड दिएको बताइएको छ । यसअघि राष्ट्रसंघको सभालाइ सम्बोधन गर्ने क्रममा इरानी राष्ट्रपतिले आफु आप्mनो आणविक कार्यक्रमका विषयमा परिणाममुखी वार्ताका लागि तयार रहेको बताएका छन् । उनले इरान माथी लगाइएको नाकाबन्दीले ईरानी जनताको जनजीवन कष्टकर बनाएको बताउँदै खुकुलो पार्न आग्रह गरेका थिए । इरानी राष्ट्रपति रौहानीको प्रतिबद्धता प्रति अमेरिकी राष्ट्रपति बराक ओबामाले शंका ब्यक्त गर्दै रौहानीको प्रतिबद्धताको परिक्षण हुनुपर्नेमा जोड दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...