राजस्थानसँग मुम्बई पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

राजस्थानसँग मुम्बई पराजित

Share This
६ असोज । च्याम्पियन्स लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।
शनिबारबाट भारतमा सुरु भएको च्याम्पियन्स लिग टी–२० को फाइनल चरणमा राजस्थानले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।

जयपुरमा भएको समूह ‘ए’को पहिलो खेलमा मुम्बईले दिएको १ सय ४३ रनको विजयी लक्ष्य राजस्थानले १९ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मुम्बईको जितमा सञ्जु सामसनले सर्वाधिक ५४ रन बनाए ।त्यस्तै अजिक्य राहाणेले पनि ३३ रनको उपयोगी पारी खेले । यससँगै राजस्थानले महत्वपूर्ण ४ अंक बटुल्न सफल भएको छ ।

यसअघि राजस्थानले टस जितेर मुम्बईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । मुम्बईले कप्तान रोहित शर्माको सर्वाधिक ४४ तथा किरन पोलर्डको ४२ रनको योगदानको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो । स्टार ब्याट्सम्यान सचिन तेन्दुल्करले १५ बनाए ।

बलिङतर्फ राजस्थानका विक्रमाजित मलिकले सर्वाधिक ३ विकेट हात पारे । १२ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने यस प्रतियोगितामा समूहका शीर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगितामा भारतका ४ टोली सहभागी छन् भने अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, श्रीलंका, न्यूजिल्याण्ड, वेष्ट इन्डिज लगायतका टोली रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here