साफ फुटबलः भारतलाई २–१ ले हराउँदै नेपाल सेमीफाइनलमा प्रवेश

२० भदौ । नेपाल साफ च्याम्पियनशिपको फुटबल अन्तगर्त समूह ए को बिजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तीम खेलमा नेपालले भारतलाई १ का बिरुद्ध दुई गोल गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका छन् । खेलको ६८ औ मिनेटमा सन्दिप राईको फ्रि किकमा अनिल गुरुङले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसपछि ८० औ मिनेमा जुमानु राईले अर्को आकर्षक गोल गरेर दोब्बर पार । सन् २००६ पछि नेपालले भारतलाई पहिलो पटक पराजित गरेको हो । यस्तै भारतका लागि स्ट्राईकर रोबिन सिंहले गोल गरेका छन् ।

आज सम्पन्न खेलमा अनिल गुरुङ म्यान अफ दि म्याच बनेका छन् ।

भारत पनि समूह ए को उपबिजेता बन्दै सेमि फाईनलमा प्रवेश गरेको छ । भारत गोल अन्तरका आधारमा सेमिफाईनल प्रवेश गरेको हो । यस अघिका खेलमा नेपालले बंगलादेश बिरुद्ध शुन्यका बिरुद्ध दुई गोल गरेको थियो भने पाकिस्तानसंग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै आजै हलचौक मैदानमा भएको खेलमा पाकिस्तानले बंगलादेशसंग १ गोलका बिरुद्ध दुई गोल हानेको छ । यद्यपी गोल सेमिफाईनलको यात्रा भने तय गर्न सकेन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...