बलात्कारको आरोपी मन्त्रीले पदबाट राजीनामा दिए

३ असोज । महिलालाई बलात्कार गरेको आरोप लागेका भारत राजस्थानका एक मन्त्री पदबाट राजीनामा दिएका छन् ।

केही दिनअघि एक ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेका राजस्थानका आपूर्तिमन्त्री बाबुलाल नगर पदबाट राजीनामा दिएका हुन् । उनले काम दिने प्रलोभनमा आप्mनो घरमा बोलाएर बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन । मन्त्री नगरले भने आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेपको आरोप नलागोस भनी राजिनामा दिएको अधिकारीहरूले बताएका छन् । बलात्कारका साथै कुटपिट गरेको आरोप पनि उनीमाथि लगाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...