२८ भदौ । स्थानीय राजनीतिक दल र गाविस सचिवको मिलेमत्तोमा तनहुमा विदेशि नागरिकलाई नेपाली नागरिकता बाड्ने गरेको रहस्य खुलेको छ ।
संक्रमणकालको फाईदा उठाउँदै स्थानीय राजनीतिक दलको सिफारीसमा भारतको ग्वाटी जिल्लाका लिवु अछामीलाई नेपाली नागरिकता दिएको खुलासा भएको हो । अछामीलाई नागरिकता दिन धादिङ्गका जितेन्द्र तामाङले बाबु बनेर सिफारिस गरेको समेत खुलेको छ । अछामी विगत आठबर्षदेखि तनहुस्थित भानुगाविसमा वसोवास गर्दै आएका थिए । विदेशिलाई नागरिकता दिएको उजुरीपछि तनहु प्रहरीले अछामी र स्थानीय राजनीतिक दलका नेतालाई पक्राउ गरेपछि रहस्य खुलेको हो । अनुसन्धानका क्रममा अछामीलाई २०६३ साल माघ महिनामा खटिएको नागरिकता वितरण टोलीले नागरिकता दिएको भेटिएको हो । अछामीसहित पक्राउ परेकालाई जिल्ला अदालतमा म्याद थप गरी वयान सुरु गरेको प्रहरीले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलासा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment