इराकमा श्रृंखलाबद्ध बम विष्फोटबाट २३ जनाको मृत्यु

१० असोज । इराकको राजधानी बग्दादका विभिन्न स्थानमा भएका विस्फोटमा २३ जनाको मृत्यु भएको छ ।

बग्दादको व्यस्त सबा अल बौर बजारमा भएको विस्फोटमा १५ जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् । यस्तै, दोरामा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको छ ।

केही व्यक्तिको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...