चुनाव रोक्न नेकपा–माओवादीबाट ज्ञापन पत्र

१३ असोज । नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाले चुनाव रोक्न माग गर्दै देशभरका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

३३ दलीय मोर्चाले मंसिर चारको चुनावले द्वन्द्व निम्त्याउने भन्दै सबै प्रक्रिया रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेकपा–माओवादी प्रवक्ता पम्फा भुषालले सरकारले चुनावमा सेना परिचालन गरी मुलुकलाई संकटमा धकेल्न खोजेको आरोप लगाउनुभयो । प्रमुख दलले निर्दलीय सरकार गठन गरेर मुकुललाई सिक्किमीकरण गर्न खोजेको उहाँको आरोप छ । त्यस्तै, नेता नारायण शर्माले आफूहरू चुनावविरोधी नभई प्रक्रियाको मात्र विरोध गरेको जिकिर गर्नुभयो । ३३ दलीय मोर्चाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीबाट राजीनामा दिनुपर्ने, चुनावको मिति सार्नुपर्नेलगायतका माग राख्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...