काठमाडौँमा राष्ट्रिय बक्सिङ प्रतियोगिता हुँदै

१४ असोज । आगामी पुष ९ गते देखि काठमाडौमा २५ औ पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताका सम्पुर्ण खेलहरु राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा सन्चालन हुने आज काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ ७ वटा तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने पनि जानकारी दिइयो ।

प्रतियोगिताको विजयी हुने पुरुष टिमलाई नगद ५० हजार तथा महिलातर्फको विजेता टिमले ३० हजार नगद रुपैया प्राप्त गर्नेछ । प्रतियोगितामा ५ विकाश क्षेत्र र ३ विभागिय गरि १ सय ३६ जना महिला र पुरुष खेलाडीहरुको सहभागिता रहनेछ । आइबाको नया नियम अनुसार सन्चालन हुने यो प्रतियोगिता ४ दिनसम्म चल्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...