क्यान सफ्टटेक मेला भृकुटीमण्डपमा शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

क्यान सफ्टटेक मेला भृकुटीमण्डपमा शुरु

Share This
१९ भदौ । सूचना प्रविधिसम्बन्धी मेला क्यान सफ्टेक २०१३ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
छैटौं सफ्टेक मेलाको उद्घाटन बुधबार उपराष्ट्रपति परमानन्द झाले गर्नुभएको हो । क्यान सफ्टेक २०१३ मा विभिन्न ५८ कम्पनीका १ सय १६ वटा स्टल रहेका छन् । सफ्टेक प्रदर्शनीमा आइटी शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थासम्बन्धी सफ्टवेयर रहेका छन् । यसैगरी सेवा सम्बन्धी क्षेत्रमा इन्टरनेट, केवल तथा डिस टेलिभिजन र सोलुसनको क्षेत्रमा सेक्युरिटी, वायरलेस, प्रिन्टिङ र पावर सोलुसनसमेत प्रदर्शनीमा राखिएका छन् । नयाँ प्रविधियुक्त ल्यापटप र मोबाइलका स्टलसमेत रहेका छन् । चार दिनसम्म चल्ने मेलामा दुई लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here