विश्वकप फुटबलको क्वालिफाइङ खेलमा इंग्ल्याण्ड विजयी

२२ भदौ । सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको क्वालिफाइङ खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

युरोप क्वालिफाइङ खेलमा इंग्ल्याण्डले मोल्डोभालाई शून्यका विरुद्ध चार गोलअन्तरले पराजित गरेको हो । खेल सुरु भएको १२ मिनेट पनि बित्न नपाउँदै इंग्ल्याण्डका लागि स्टेफेन जेरार्डले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २७ औ मिनेटमा रिकी लाम्बेर्टले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । एक पक्षीय रहेको खेलको पहिलो हाफ सकिनै लाग्दा इंग्ल्याण्डका लागि ड्यानी वेलब्याकले गोल गरे । ५१ औ मिनेटमा वेलब्याकले आफ्ना लागि दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछि माल्डोभा स्तब्ध भएको थियो ।

त्यस्तै, गएराति नै भएको अर्को खेलमा जर्मनीले अस्ट्रियामाथि तीन–शून्य गोलअन्तरको जित दर्ता गराउन सफल भएको छ । जर्मनीलाई जित दिलाउन ३३ औ मिनेटमा मिरोस्लाभ क्लोज, ५१ औ मिनेटमा टि क्रुस र ८८ औ मिनेटमा थोमस मुल्लरले समान एक–एक गोल गरेका थिए । गएराति नै भएको खेलमा इटालीले बुल्गेरियालाई एक–शून्य गोलअन्तरको पराजित गर्न सफल भयो । इटालीका लागि खेलको ३३ औ मिनेटमा ए गिल्डारडिनोले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । त्यस्तै, फ्रान्स र जर्जियाबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...