भवन भत्किँदा ६ जनाको मृत्यु

११ असोज । भारतको मुम्बईमा एक पाँच तले घर भत्किंदा ६ को मृत्यु भएको छ ।

घटनामा परी अन्य १३ जना घाइते भएका छन् भने ५० जना पुरिरहेको आशंका गरिएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अधिकारहरुले जनाएका छन् । सरकारी कर्मचारीको क्वार्टरको रूपमा प्रयोग हुँदै आएको भवन पाँच दशक पूरानो रहेको बताइएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...