नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकियो, सेमीफाइनलमा पुग्ने नेपालको सम्भावना बलियो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकियो, सेमीफाइनलमा पुग्ने नेपालको सम्भावना बलियो

Share This
१८ भदौ । काठमाडौमा जारी साफ च्याम्पियनसीप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानसँग बराबरी खेलेको छ ।

१६ बर्षे युवा खेलाडी विमल घर्ति मगरले इन्जुरी समयमा गरेको गेलको मद्दतबाट नेपाल पाकिस्थानसंग बराबरी खेल्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १३ औं मिनेटमै गोल खान पुगेको नेपाले एकपछि अर्को अवसर पाएपनि गोल भने चुक्दै आएको थियो । तर, १६ वर्षीय खेलाडी घर्तिले इन्जुरी समयमा गरेको गोलले सम्पूर्ण फुटबलप्रेमी नेपालीलाई खुसी मात्रै तुल्याएन नेपाललाई सेमिफाइनलमा पुग्ने सम्भावनालाई पनि बलियो बनायो । उनले गोल गर्दा रंगशालाको माहोल नै उल्लासमय भएको थियो ।

नेपालले पाकिस्तानसँग बराबरी खेलेसँगै सोमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । नेपालको ४ अंक भएको छ भने पाकिस्तानले जम्मा १ अंक मात्रै जोडेको छ । एउटै समुहमा रहेको भारतको पनि ४ अंक रहेको छ । तर, गोलको आधारमा नेपाल भारतभन्दा अघि रहेको छ ।

यसैबीच मंगलबार नै भएको भारत र बंगलादेशबीचको खेल बराबरीमा टुगिएको छ । हलचोक मैदानमा भएको निकै प्रतिश्पर्धात्मक खेलमा बंगलादेशले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको अन्ततिर भारतले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
बराबरीले नेपाललाई फाइदा पुगेको छ । नतिजासँगै भारतको ४ अंक, र बंगलादेशको १ अंक जोडेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here