साफ फुटबलः भारत पनि फाइनलमा प्रवेश

२४ भदौ । डिफेन्डिङ च्याम्पियन भारत र अफगानिस्तान आठौ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधीका लागी भिड्ने भएका छन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साझ भएको दोस्रो सेमिफाइनल खेलमा समुह ए को उपविजेता भारतले समुह बि को विजेता माल्दिभ्सलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गदै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो ।

कप्तान सुनिल क्षेत्री बिना नै मैदानमा उत्रिएको भारत र माल्दिभ्सविचको पहिलो हाफसम्मको खेल गोल रहित बराबरीमा रोकिएको थियो । खेलको २७ औ मिनेटमा माल्दिभ्सका अलि अस्फाक्युले फ्रि किकबाट प्रहार गरेको बल भारतका गोल रक्षक सुब्रता पलले बचाएका थिए । २९ औ मिनेटमा भारतका जेजेको प्रहार बाहिरिएको थियो । भारतले खेलको ८५ औं मिनेटमा गोल गरेको थियो । कर्नरमा आएको बल पूर्ण रुपमा क्लियर नभएको अवस्थामा अर्नव मण्डलले उत्कृष्ट गोल गरेका थिए ।

त्यसको केही मिनेट अघि भारतले गोल गरे पनि रेफ्रीले मान्यता दिएका थिएनन् । निर्धारित ९० मिनेटको समयसम्म माल्दिभ्सले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् । त्यसपछि खेलमा थप गोल भएन र खेल भारतले एक—शुन्य गोल अन्तरले जित्यो । खेलपछि माल्दिभ्सका खेलाडीहरुले रेफ्रीको निणर््ँयको विरोध गरेका थिए भने केहीबेर अफिरियल र माल्दिभ्सका खेलाडीबीच तनाव उत्पन्न भएको थियो । अघिल्लो संस्करण्ँमा पनि फाइनलमा पुग्ने क्रममा माल्दिभ्सलाई नै पराजित गरेको थियो ।

घरेलु मैदानमा भएको फाइनल भिडन्तमा चार—शुन्य गोल अन्तरले अफगानिस्तालाई हराउदै भारतले छैटौं पटक उपाधि उचालेको थियो । यस अधि हिजो सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा आयोजक नेपालको राष्ट्रिय टोलीलाई एक—शुन्य गोल अन्तरले पराजित गदै अफगानिस्तानले फाइनलको यात्रा तय गरिसकेको छ । फाइनल खेल आगामी बुधबार दशरथ रंगशालामा हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...