आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक

७ असोज । नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले दिगो शान्ति र राजनीतिक स्थिरताबिना आर्थिक समृद्धि असम्भव भएको बताउनु भएको छ ।

उद्योग वाणिज्य संघ बुटवलको ६० औ साधारण सभामा मुख्य सचिव पौडेलले मुलुकको आर्थिक विकासका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताउनु भएको हो । उहाँले दिगो शान्ति र राजनीतिक स्थिरताका लागि संक्रमणकालको अन्त्य हुन आवश्यक रहेको पनि बताउनुभयो । युवाहरू विदेश पलायन भएको उहाँले विदेशमा श्रम बेचेर कुनैपनि हालतमा देशको विकास सम्भव नरहेको भन्दै स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...