युइएफ च्याम्पियन्स लिगमा बार्सिलोना र एजाक्स भिड्दै

२ असोज । युइएफ च्याम्पिन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार स्पेनिस क्लब बार्सिलोनाले एजाक्सको सामना गर्नेछ ।

घरेलु मैदान क्याम्प नाउमा आज राती हुने पहिलो खेलमा बार्सिलोनाले चार पटकका च्याम्पिन एजाक्ससंग प्रतिस्पर्धा गर्न लागेको हो । समुह एचमा रहेको बार्सिलोना र एजाक्स धेरै लामो समयपछि आमने—सामने हुन लागेको हो । बासिलोनाका प्रशिक्षक गेरार्डो माटिर्नोले आज राति हुने खेल आफनालागी महत्वपुर्ण भएको बताएका छन् । त्यस्तै, सन् २०११ को च्याम्पियन चेल्सीले आज राति घरेलु मैदानमा एफसी बसेलसंग भिड्नेछ । आजै राति नेपोलीले वोरुसीया डर्टमुन्डको, आर्सनलले मार्सिल्लेको तथा एसि मिलानले सेल्टिकको सामना गर्दैछन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...