सप्तऋषिको पूजाआजा गरी तीज पर्व सकिँदै

२५ भदौ । मंगलबार भाद्र शुक्ल पञ्चमी अर्थात हरितालिका तीजको अन्तिम दिन । हिन्दु नेपाली महिलाहरुले नुहाइ धुबाइ गरेर चोखो वस्त्र लगाई पूजापाठ गरी तीज व्रत सकाउँदैछन् ।

यस पर्वका दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर वर्ष दिनको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो तिल र अमलाको पिनाले स्नान गरि चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।

अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । रजस्वला भइसकेका नारीहरुले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो ।

काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेव मन्दिरमा पूजा आराधना गर्नेको ठूलो भीड लागेको छ । कतिपय महिलाले भने घरमै ब्राह्मण पुरोहित बोलाई सप्तऋषिको पूजा गर्ने गर्दछन् । सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजनकिर्तन गर्ने चलन पनि छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...