सिन्धुलीमा बोलेरो जीप दुर्घटना, ३ जनाको मृत्यु

३१ भदौ । सिन्धुलीको दुम्जा गाबिस वडा नम्बर १ साँधी भन्ने स्थानमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको ज १ झ १८९ नम्बरको बोलेरो जीप सोमबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ओखलढुंगाका हरिबहादुर थापा, स्याङनाम–७ नरबहादुर सार्की र उनकी २० बर्षीया छोरी रीता सार्कीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ८ जना मध्ये ५ जनाको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...